नेभिगेशन
नेपाल प्रहरी

अवैध उत्खनन् र ढुवानीमा संलग्न ३ जेसीबी र ४ टिपर बाँके प्रहरीको नियन्त्रणमा

बाँके।  बाँके जिल्लामा अवैध रूपमा माटो उत्खनन् तथा ढुवानीमा संलग्न सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  बैशाख ८ र ९ गते बैजनाथ गाउँपालिका वडा नं. २ र ६ क्षेत्रबाट यस्तो गतिविधि भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कारवाही अघि बढाएको हो।

प्रहरीले सोही क्रममा ३ वटा जेसीबी र ४ वटा टिप्पर नियन्त्रणमा लिएको थियो। ती सवारी साधनहरू अवैध रूपमा माटो उत्खनन् तथा ओसारपसारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र सोही क्रममा रु. ४० हजार रुपैयाँ  जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न निरन्तर अनुगमन र कारवाहीलाई तीव्रता दिइने समेत जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्