नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जमा प्रहरीले चलायो गोली,३ लागुऔषध कारोबारी पक्राउ,३७० ग्राम खैरो हेरोइन बरामद

नेपालगन्ज । बाँकेको नेपालगन्जमा प्रहरीले गोली चलाएको छ। प्रहरीले ३ राउन्ड हवाइ फायर गर्दै ठुलो परिमाणमा लागुऔषध  खैरो हेरोइन बरामद गरेको हो।

आज दिउँसो साढे ३ बजे नेपालगन्ज -२२ शान्तिचोकमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउन्ड हवाइ फायर गर्दै सोही स्थानकै २८ वर्षीय दिनेश बास्कोटा, ३६ वर्षीय नुर मोहम्मद टगरिया र सोही स्थानकै २९ वर्षीय फिरोज साहीलाई नियन्त्रणमा लिदै ३७० ग्राम  ग्राम खैरो हेरोइन बरामद जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज  र  जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीलाई देखेर उनीहरुले आक्रमणको प्रयास गरेर भाग्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको जनाएको छ।

घटनास्थलबाट प्रहरीको टोलीले उक्त परिमाणको खैरो हेरोइनसहित तीन थान मोबाइल र भे ४ प ३९४८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। 

पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्