नेभिगेशन
नेपाल प्रहरी

घोराहीबाट ७ ग्राम बढी ब्राउन सुगरसहित रोल्पाका दुई युवक दाङ प्रहरीको नियन्त्रणमा

दाङ। दाङको घोराहीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका-२ खलीबाङका २० वर्षीय भाष्कर डाँगी र २३ वर्षीय भरत डाँगी रहेका छन् । उनीहरुलाई घोराही उपमहानगरपलिका-१५ भानुचोकबाट ७ ग्राम ५० मिलिग्राम ब्राउन  सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

शंकास्पद अवस्थामा हिडिरहेका बेला वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

शनिबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर लागुऔषध कसुर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्