नेभिगेशन
नेपाल प्रहरी

'सवारी ज्यान' र 'अपराधिक लाभ' मुद्दाका दुई फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । बर्दिया प्रहरीले फरार रहेका  दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार  वैशाख १४ गते बिहान  प्रहरीको टोलीले  गुलरिया नगरपालिका वडा नं.५ सैलहवाका २३ वर्षीय शान्तराम थारुलाई पक्राउ गरेको हो। उनलाई बर्दिया जिल्ला अदालतको मिति २०८१ पुस १ गतेको फैसला अनुसार “अपराधिक लाभ” मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। फरार रहेका उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको बर्दिया प्रहरीले जनाएको छ।

त्यस्तै, सोही दिन दिउँसो साढे १  बजे प्रहरी चौकी खैरापुरबाट खटिएको टोलीले गुलरिया नगरपालिका वडा नं. १ टोल नं.१४ बस्ने ५७ वर्षीय टेकबहादुर घर्ती मगरलाई पनि पक्राउ गरेको छ। उनलाई “सवारी ज्यान” मुद्दामा बर्दिया जिल्ला अदालतको मिति २०६५ चैत १४ गतेको फैसला अनुसार २ हजार रुपैयाँ र रुकुम पश्चिम जिल्ला अदालतको मिति २०७८ वैशाख १६ गतेको फैसला अनुसार थप २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

दुवै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्