नेभिगेशन
नेपाल प्रहरी

भेरी अस्पतालका चिकित्सकका खुट्टा काट्छु र मार्छु भन्ने धम्की दिने पत्रकार कुशल दर्लामी पक्राउ

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकहरुलाई ज्यान मार्ने लगायतका धम्की दिने पत्रकार कुशल दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार दर्लामीलाई भेरी अस्पतालले दिएको जाहेरीका आधारमा आज बैजनाथ गाउँपालिकास्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

भेरी अस्पतालमा बिरामीको मृत्यु भएको घटनापछि मंगलबार दर्लामीले सामाजिक सन्जालमै अस्पतालका चिकित्सकलाई ज्यान मार्ने धम्की दिनुका साथै चिकित्सकका खुट्टा नै काटिदिने अभिव्यक्तिको धम्की दिएका थिए।

दर्लामीको धम्कीपछि भेरी अस्पतालका चिकित्सकहरुले सुरक्षाको माग राख्दै अस्पतालको सबै ओपिडी सेवा ठप्प पारेका छन् ।

दर्लामीले सामजिक सन्जालनै भनेका थिए-'अब डाक्टर राजन पाण्डे तपाईंका खुट्टा काटिन्छन्।तपाइँ बाच्नुहुन्न्न फेरि।' 

यता बाँके प्रहरीले पक्राउ परेका दर्लामीविरुद्ध कानुनी कारबाही प्रक्रिया अधि बढाउने तयारी गरेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्