नेभिगेशन
नेपाल प्रहरी

५ लाख रुपैयाँ बढीको अवैध चल्ला बाँके प्रहरीको नियन्त्रणमा

बाँके । अवैध रुपले ल्याइएको ठुलो परिमाणको लाखौं रुपैयाँ बढीको कुखुराका चल्ला बाँके प्रहरीले बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  ५ लाख १६ हजार ८ सय रुपैयाँको चल्लालाई  आज बिहान नेपालगन्ज -१३ लालापुरुवाबाट बरामद गरिएको हो।

बरामद गरिएको ५४ सय ४० वटा चल्लालाई आबश्यक कारबाहीका लागि नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्