नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरबाट ब्राउन सुगरसहित १९ वर्षीय प्रितम पक्राउ

बाँके। कोहलपुर क्षेत्रबाटप्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका-१० चण्डिका टोलबाट ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर-१५ का १९ वर्षीय प्रितम कुमार थारूलाई पक्राउ गरिएको हो।

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उक्त परिमाणको ब्राउन सुगरसहित थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

ब्राउन सुगरसहित मंगलबार दिउँसो पक्राउ परेका थारुविरुद्ध कोहलपुर प्रहरीले लागुऔषध कसुर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्