नेभिगेशन
नेपाल प्रहरी

बन्दुक र १२ पिस गोलीसहित मक्क बहादुर प्रहरीको नियन्त्रणमा

हुम्ला। प्रहरीले एक थान भरुवा बन्दुकसहित ६३ वर्षीय मक्क बहादुर रोकायालाई पक्राउ गरेको छ।

जिल्लाको खार्पुनाथ गाउँपालिका-४ बस्ने ६३ वर्षीय मक्क बहादुरलाई एक थान भरूवा बन्दुक,१२ पिस फलामका गोली र ९० ग्राम बारूदसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको टोलीले मक्क बहादुरको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बन्दुकसहित पक्राउ परेका मक्क बहादुरलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउदै भोलि कार्यालय खुलेपछि हुम्ला जिल्ला अदालतबाट म्याद थप गरिने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्