नेभिगेशन
नेपाल प्रहरी

चोरी मुद्दामा कैद सजाय पाएका फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । बर्दियाबाट चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार प्रहरी चौकी खैरापुर (क) बाट खटिएको टोलीले चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका ३५ वर्षीय मनोज कुमार यादबलाई नियन्त्रणमा लिन सफल भएको हो।

बर्दिया जिल्ला अदालतको मिति २०८१ चैत ६ गतेको फैसालामा गुलरिया नगरपालिका-३ का मनोजलाई चोरी मुद्दामा दोषी ठहर गर्दै ६ महिना ५ दिन कैद र ११ हजार रुपैयाँ जरिवाना र पिडित राहत कोषमा ४४० रुपैयाँ भर्ने सजाय भएको प्रहरीले जनाएको छ।

उक्त फैसला पश्चात् फरार भएका मनोजलाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्