नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको विशेष अपरेसन: बाँकेबाट एकैदिन १० फरार प्रतिवादी पक्राउ

बाँके । बाँके प्रहरीको फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत फेरि एकैदिन १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको विशेष अपरेसन अन्तर्गत विभिन्न मुद्दामा फरार रहँदै आएका १० जना प्रतिवादीलाई एकैदिन पक्राउ गर्न सफलता प्राप्त भएको छ। प्रहरीका अनुसार ती प्रतिवादीहरू बाँके जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।

प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खोजी तीव्र पार्दै विभिन्न ठाउँमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरू विरुद्धका मुद्दा फरक–फरक प्रकृतिका रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार नै बाँके जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

फरार प्रतिवादी नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्