नेभिगेशन
नेपाल प्रहरी

२८ वर्षपछि अङ्गभङ्ग मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ

बाँके। अङ्गभङ्ग मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि  फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले २८ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

बाँके जिल्ला अदालतको मिति २०५५ जेठ २४ गतेको फैसलाले कैद सजाय तोकिएका नेपालगञ्ज उपमहानगरपालिका–२१ बस्ने ५५ वर्षीय अफजल खाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

 करिब २८ वर्षदेखि फरार रहेका खाँलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि  आज बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ। 

बाँके  प्रहरीले फरार प्रतिवादीको खोजी कार्यलाई तीव्र बनाउँदै यस्ता  व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियान जारी राखेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्