नेभिगेशन
नेपाल प्रहरी

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

जुम्ला  । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना वडाध्यक्ष पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणीको आरोपमा जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढालाई पक्राउ गरेको हो।

जुम्ला प्रहरीले २६ वर्षीया एक महिलामाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा वडाध्यक्ष बुढालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका बुढा विवाहित हुन् भने पीडित महिला अविवाहित रहेको बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्