नेभिगेशन
नेपाल प्रहरी

४० वर्षीया महिलामाथि जबरजस्ती करणी, तीन जना पक्राउ

दाङ ।रोल्पामा ४० वर्षीया महिलामाथि सामूहिक जबरजस्ती करणीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

उजुरीपछि सक्रिय भएको प्रहरीले आज उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तीदमारका धिरज भनेर चिनिने  ४४ वर्षीय धनबहादुर कामी, कैलालीको लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन्।

प्रहरीका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलासपछि उनीहरूलाई पक्राउ गरेको हो।

हाल तीनै जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्