नेभिगेशन
नेपाल प्रहरी

२५ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४२ वर्षीय संजय पक्राउ

पाल्पा। २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्की रहेका छन्

संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पाल्पा प्रहरीले घटनाका बारेमा पक्राउ परेका संजयविरुद्ध जबरजस्ती करणी कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्