नेभिगेशन
नेपाल प्रहरी

३ वटा मोटरसाइकलसहित लाखौंको अवैध सामान बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट अवैध रुपले ल्याइएका विभिन्न किसिमका सामानसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३,१० र १७ बाट ३ लाख रुपैयाँ बढीको  अवैध  सामानसहित अवैध ओसारपसारमा प्रयोग गरिएका  युपी ४० एएस २०८७, भे २ प ७५६८ र भे ९ प ७०६४ नम्बरका मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका ३ लाख ४६ हजार ५ सय रुपैयाँका सामानहरुमा पानी पुरीका कच्चा सामान, खुकुरी चुरोट ,पेय पदार्थ ,बोइलर कुखुरा र ३ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीले बरामद गरेका सबै अवैध सामानसहित मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाएको जानकारी दिएको 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्