नेभिगेशन
नेपाल प्रहरी

दाङ र बर्दियाबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौं। दाङ र बर्दियामा प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बाट ब्राउनसुगर ४ सय ७० मिलिग्रामसहित तुलसीपुर–९ दोघरे बस्ने २० वर्षीय धनबहादुर खत्रीलाई  प्रहरीले पक्राउ गरेको हो। उक्त क्षेत्रमा खटिएको प्रहरी टोलीले लु-प्र-०२–००२ प ४३८० नम्बरको स्कुटरमा सवार उनलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढीबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ७० मिलिग्रामसहित सोही ठाउँका १६ वर्षीय एक किशोरलाई  प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्