नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बर्दिया । बर्दियामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गेरूवा गाउँपालिका–१ भटेरा निवासी १९ वर्षीय महेन्द्र जैशीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार महेन्द्रले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्