नेभिगेशन
नेपाल प्रहरी

अवैध उत्खनन्‌मा संलग्न ५ टिपर र एक जेसीबी बाँके प्रहरीको नियन्त्रणमा

कोहलपुर । बाँकेका विभिन्न स्थानमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन् एवं ढुवानी कार्यमा संलग्न रहेका ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले जेठ २, ३ र ४ गते कोहलपुर नगरपालिका वडा नं. ६, ११ र १५, बैजनाथ गाउँपालिका वडा नं. ३ तथा जानकी गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानमा अनुगमन गर्ने क्रममा अवैध उत्खनन् तथा ढुवानीमा प्रयोग भएका ५ वटा टिप्पर र १ एउटा जेसीबी फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्