नेभिगेशन
नेपाल प्रहरी

बाँकेको कोहलपुर क्षेत्रबाट ब्राउन सुगरसहित तीन जना पक्राउ, ४८ हजार नगद बरामद

नेपालगञ्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी  अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार जेठ १० गते कोहलपुर नगरपालिका–९ झण्डहवा क्षेत्रबाट ४२ वर्षीय मोहम्मद असिनलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर र नगद ४१ हजार १५० रुपैयाँ बरामद गरिएको छ। उनलाई बाँके  जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी सोही दिन कोहलपुर नगरपालिका–९ पिपिरी क्षेत्रबाट समिर थारु र बिशाल सुनारलाई पनि लागूऔषधसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ९२० मिलिग्राम ब्राउन सुगर र नगद ६ हजार ९३५ रुपैयाँ बरामद गरिएको छ। उनीहरुलाई अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको र यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्