नेभिगेशन
नेपाल प्रहरी

प्रहरीले फेला पार्‍यो वनमा लुकाएर राखिएका तीन थान बन्दुक

सल्यान। सल्यान प्रहरीकै वनमा लुकाएर राखिएका तीन थान बन्दुक फेला पारेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धगुफा सामुदायिक वन क्षेत्रमा प्रहरीले तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार विशेष सूचनाको आधारमा वन क्षेत्रमा गरिएको खोजी अभियानका क्रममा बेवारिसे अवस्थामा बन्दुक फेला परेका हुन्।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले बरामद गरिएका बन्दुक कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिको पहिचान गर्न थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्