नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणीको आरोपमा ३२ वर्षीय युवक पक्राउ

जाजरकोट। २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका-१३ बस्ने ३२ वर्षीय खिमराज बटाला रहेका छन् ।

खिमराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाजरकोट प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्