नेभिगेशन
नेपाल प्रहरी

बहुविवाह मुद्दाका फरार प्रतिवादी तुलसीपुर क्षेत्रबाट पक्राउ

सल्यान । बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्ला अदालत सल्यानको लगत नं. ७१-०८०-००१४० अन्तर्गत २०८१ वैशाख २४ गतेको फैसलले २ वर्ष ६ महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी कृष्ण केसी पक्राउ परेका हुन्।

सल्यानको शारदा नगरपालिका–६, मदनकाँडा स्थायी घर भई हाल  दाङको तुलसीपुर उपमहानगरपालिका–१६, डुरुवामा बसोबास गर्दै आएका ५० वर्षीय केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा निजकै घरबाट पक्राउ गरेको सल्यान प्रहरीले जनाएको छ।

पक्राउ परेका केसीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्