नेभिगेशन
ट्राफिक प्रहरी

एसएसपी काफ्लेले सम्हाले उपत्यका ट्राफिक प्रहरीको कमाण्ड

काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्ड  एसएसपी सुरेश काफ्लेले  सम्हालेका छन्। विशेष ब्युरोबाट काज सरुवा भई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाइएका एसएसपी काफ्लेले जिम्मेवारी सम्हाल्दै  कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरेका हुन्।

ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा उपत्यकाको बढ्दो सवारी चापलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने जिम्मेवारीसहित उनले कार्यालयको नेतृत्व सम्हालेका छन्।

नेपाल प्रहरी मुख्यालयको निर्णयअनुसार विशेष ब्युरोमा कार्यरत रहेका एसएसपी काफ्लेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको हो।

एसएसपी काफ्ले अनुभवी प्रहरी अधिकृतका रूपमा परिचित छन्।  आज उपत्यका ट्राफिक प्रहरी कार्यालयम  काफ्लेलाई स्वागत गरिएको हो। एसएसपी काफ्लेको नेतृत्वमा उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्