नेभिगेशन
ट्राफिक प्रहरी

९४ मापसे चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले बितेका २४ घण्टामा २ हजार २२३ सवारीचालकलाई सवारी नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ। जसबाट १८ लाख ८१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्