नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । प्रहरीले  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कन्चनपुरको बेलौरी नगरपालिका-१ बैशाखी बस्ने २० वर्षीय राजेश शाहीलाई  पक्राउ गरिएको हो। 

राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ । 

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्