नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी बाढी अपडेट- हालसम्म १ हजार ३ सय ८५ जनाको शव फेला: प्रहरी

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ३ सय ८५ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३० जना र नवलपरासी पश्चिममा २ सय २२ जना रहेका छन् ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राख्ने) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । साथै, पहिचान नभएका १ हजार ३ सय ३९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय १२ जना व्यक्तिलाई राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्