नेभिगेशन
नेपाल प्रहरी

लुकिछिपी बसेका १२ फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा

बाँके । बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने क्रममा उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको ६२ हजार १ सय रुपैयाँ जरिवाना तथा ७ वर्ष ६ महिना १२ दिन कैद कार्यान्वयन गर्नुपर्ने रहेको प्रहरीले जनाएको छ।

असोज ३ देखि ९ सम्म पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्