नेभिगेशन
नेपाल प्रहरी

पश्चिम नवलपरासीमा भन्सार छली ल्याइएको १ लाख ९७ हजार रुपैयाँको कपडा बरामद

परासी। पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याई बेवारिसे अवस्थामा राखिएको १ लाख ९७ हजार रुपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कात्तिक २७ गते दिउँसो करिब ४स्१५ बजे पाल्हीनन्दन गाउँपालिका–५ गेर्मी क्षेत्रबाट ९१ पिस लेडिज सुट बरामद गरिएको हो।

भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा राखिएको उक्त कपडा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बरामद कपडाको अनुमानित मूल्य १ लाख ९७ हजार रुपैयाँ रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार दाखिला गर्ने प्रयोजनका लागि उक्त कपडा भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी एवं सूचना अधिकारी मदन थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्