नेभिगेशन
नेपाल प्रहरी

दाङ प्रहरीले सुरु गर्‍यो 'सेफ्टि पिन' अभियान

दाङ जिल्ला प्रहरी कार्यालय दाङले 'सेफ्टि पिन' अभियानको सुरुवात गरेको छ। सार्वजनिक स्थल, सवारीसाधन लगायत अन्य स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध नेपाल प्रहरीको 'सेफ्टि पिन' अभियान अन्तर्गत दाङ प्रहरीले मंगलबारदेखि सो अभियानको बारेमा जानकारी दिन सुरु गरेको हो।

जिल्ला प्रहरी दाङबाट प्रहरी नायब निरीक्षक तुल बहादुर बिकको नेतृत्वमा खटिएको टोलीले घोराही-लमही सडक खण्डमा संचालन हुने सवारी साधनहरुका यात्रु तथा सवारी चालक, सहचालकहरुलाई 'सेफ्टि पिन' अभियान बारे सचेतना दिएको जिल्ला प्रहरी दाङले जनाएको छ।

प्रहरीले 'सेफ्टि पिन' अभियानको परिचय, यौनजन्य दुर्व्यवहार हुने सक्ने कारण र अवस्था, यौनजन्य दुर्व्यवहार सम्वन्धी कानूनी प्रावधान, सजायका बारेमा सचेतना दिएको हो।

प्रहरीले  आपत आइपरेमा 'सेफ्टि पिन' अभियानको तरिका सिकाउदै यस्ता घटना भएमा तत्कालै प्रहरीलाई खवर गर्ने माध्यम लगायतका विषयमा सचेतनामूलक जानकारी दिएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...