नेभिगेशन
सुरक्षा विशेष

प्रतिनिधि सभाको कानून न्याय,मानव अधिकार समितिद्वारा बाँके प्रहरीको हिरासत कक्षको निरीक्षण

बाँके  प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिको अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरेको छ ।

आज बाँके पुगेको कानून न्याय तथा मानव अधिकार समितिको टोलीले जिल्ला परिसर बाँकेको निरीक्षण गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार सांसद चन्द्र बहादुर विश्र्वकर्मा र पूर्ण  घर्तीसहितको टोलीले प्रहरीको हिरासत कक्ष लगायत अन्य स्थानको निरीक्षण तथा अवलोकन गरेको थियो। निरीक्षणका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, डीएसपी आयुष जोशी लगायत अन्य प्रहरी अधिकृतहरुको पनि उपस्थिति रहेको थियो।

टोलीले निरीक्षण र अनुगमन पश्चात्  अन्तरक्रिया कार्यक्रम गर्दै आवश्यक निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"