नेभिगेशन
सुरक्षा विशेष

बाँकेको डुडुवामा डाँकाको समूहले गर्‍यो लूटपाट,डाँकालाई पक्राउ गर्न प्रहरीले चलायो अपरेसन

डुडुवा(बाँके)। बाँकेको सीमावर्ती भेग बेतहनीमा २५ जना डाँकाको एक समूहले एउटा घरमा लूटपाट गरेको छ। जिल्लाको डुडुवा गाउँपालिका-२ बेतहनीस्थित सन्तोष सोनीको घरमा गएराती अन्दाजी ११ बजे  डाँकाको समूहले लाखौं रुपैयाँ बराबरको धनमाल लुटेको छ। 

हातहतियारसहित आएको २५ जना जतिको डाँकाको समूहले सोनीको घरबाट अन्दाजी ३० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको पीडितले बताएका छन्। घरको पछाडिबाट भित्र छिर्दै घरमा भएका पुरुषको हातखुट्टा बाँधेर धनमाल, रुपैयाँ र गरगहना लूटपाट गरेको सोनीले बताए।

पीडित परिवारका अनुसार डकैती गर्न आएको उक्त डाँकाको समूहका १५ जना घरभित्र छिरेको र १० जना बाहिर बसेर पहरा दिएका थिए। 

पीडित सोनीले भने-" हामी घरमा दुई बालिका, तीन बालकसहित ८ जना थियौं, हुलहुज्जतसहित आएका डाँकाहरुले हातखुट्टा बाँधेर लूटपाट गर्दा हामीले एकोहोरो हेर्नू सिवाय केहि थिएन।"  तर परिवारका कुनै सदस्यलाई उनीहरुले कुटपिट नगरेको उनले बताए।

यता जिल्ला प्रहरी बाँकेले घटनाको बारेमा जानकारी पाए पश्चात् लूटपाटमा संलग्न डाँकाहरुको खोजतलासको अपरेसन चलाइसकेको जनाएको छ। उक्त घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ। 

लूटपाटमा भारतीय डाँकाको समूहको संलग्नता रहेको अनुमान गरिए पनि उनीहरुलाई सघाउन कतै केही स्थानीयको त भूमिका छ कि भन्ने आशंका समेत गरिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"