नेभिगेशन
सुरक्षा विशेष

काठमाडौंसहित विभिन्न जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।

आज मन्त्रालयले काठमाडौँको सिडीओमा ऋषिराम तिवारीको सरुवा गरेको छ । यसअघि  तिवारी गृह मन्त्रालयमा कार्यरत थिए ।

त्यसैगरी काठमाडौँका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ। मन्त्रालयले सुनसरीको सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई बनाएर पठाएको छ।

यसैगरी  कैलालीको सिडीओमा गोगन बहादुर हमाल,  सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङको सीडीओमा इन्द्रदेव यादव, झापामा गोपाल कुमार अधिकारी र सल्यानको सीडीओमा सवित्रा पुनको सरुवा गरिएको छ।

सुनसरीमा कार्यरत सीडीओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने मोरङका सीडीओ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"