नेभिगेशन
सुरक्षा विशेष

बाल सुधार गृहबाट तीन जना फरार, खोजी गर्दै प्रहरी

काठमाडौं ।  बाल सुधार गृहबाट तीन बिजाइँकर्ता फरार भएका छन् ।  मोरङको विराटनगर-३ मा रहेक कोशी बाल सुधार गृहबाट तीन जना बाल बिजाइँकर्ता भागेको प्रहरीले जानकारी दिएको छ।

मोरङ प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् । भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।

झापा र ताप्लेजुङका  दुई बालक  पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"