नेभिगेशन
ट्राफिक प्रहरी

मोटरसाइकल चोरीमा संलग्न दुई युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ८ सरकारी धाराबाट  मोटरसाइकल चोरीमा संलग्न मकवानपुरको बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुलीको मरिण गाउँपालिका- ८  घर भएका १९ वर्षीय क्षितिज रनपहेलीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार उनीहरुले बा ९१ प ९८ ६५ नम्बरको मोटरसाइकल सवार अवस्थामा फेला पारी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलको वास्तबिक नम्बर बाग्मती प्रदेश ०२-०४१ प ८६ ०० भएको खुल्न आएको थियो।

उक्त मोटरसाइकल काठमाण्डौको कपन घर भएका डालीकृष्ण पौडेलले गत बैशाख २५ गते काठमाडौँको चुच्चेपाटीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको ट्राफिक प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उनीहरुले बा ६० प ७१५४ नम्बरको स्कुटर चोरी गरी काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलमा लुकाईराखेको खुलेपछी ट्राफिक प्रहरीले उक्त स्कुटर समेत बरामद गरेको छ ।  

मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी  जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्