नेभिगेशन
सुरक्षा विशेष

लागुऔषधविरुद्धको कारबाहीलाई चुस्त पार्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं  । मुलुकभर  लागुऔषध कारोबारविरुद्ध कारबाहीलाई चुस्त बनाउन सुरक्षा निकायलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । 

जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा वर्तमान समस्या देशभर नै लागुऔषध कारोबार डरलाग्दो रूपमा बढिरहेको बताउँदै गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण जरुरी रहेको बताएका हुन् । 

साथै लेखकले अहिले अर्को  सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए । देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको उनले बताए । 

गृहमन्त्री लेखकले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई उनले निर्देशन दिएका छन्  । 

शान्ति सुरक्षा देशको पहिलो सर्त र आवश्यकता भएको उल्लेख गर्दै शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताउँदै शान्तिसुरक्षाप्रति कसैसँग सम्झौता नगर्न लेखकले निर्देशन दिएका हुन्  । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्