नेभिगेशन
ट्राफिक प्रहरी

मोडिफाई गरेर चलाइएका ४३ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । मोडिफाई गर्ने र ध्वनि प्रदुषण गरेर चलाएका ४३ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोडिफाई गरेर ध्वनि प्रदुषण गरेर चलाइएका ४३ मोटरसाइकललाई लिएको जानकारी दिएको छ। 

जिल्लाका विभिन्न स्थान तथा भरतपुर महानगरपालिकाका धेरैजसो स्थानबाट ती मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई जरिवाना गराएर ट्राफिक सचेतनामूलक कक्षा दिएर मात्रै मोटरसाइकल छोडिएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्