नेभिगेशन
ट्राफिक प्रहरी

बन्दमा बढी भाडा लिएको उजुरी आएपछि आफैं यात्रु बनेर निगरानी गर्दै ट्राफिक प्रहरी

काठमाडौं । यातायात बन्दको मौकामा राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको उजुरी र गुनासो आएपछि ट्राफिक प्रहरी याक्सनमा आएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभ राइडरहरुले बढी भाडा लिएको र  अफलाइन बार्गेनिङ गरिरहेको गुनासो आएपछि निगरानी बढाउँदै बढी भाडा लिए कारबाही गर्ने चेतावनी दिएको छ।

ट्राफिक प्रहरीले राइडरहरुलाई धेरै भाडा नलिन भन्दै यदि  छ धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय  वा १०३ नम्बरमा फोन गर्न सबैमा आग्रह गरेको छ ।

साथै ट्राफिक प्रहरी पनि यात्रु बनेर निगरानी बढारहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्