नेभिगेशन
नेपाल प्रहरी

सुर्खेतको वीरेन्द्रनगरबाट अफिम र चरेशसहित जाजरकोटकी शर्मिला पक्राउ

सुर्खेत । सुर्खेतबाट प्रहरीले अफिम र चरेशसहित २८ वर्षीया महिलालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको टोलीले वीरेन्द्रनगर नगरपालिका-१२ नारायण टोलबाट २८ वर्षीया शर्मिला कुमारी बस्नेतलाई पक्राउ गरेको हो।

जाजरकोटको जुनिचाँदे गाउँपालिका- १० घर भएर हाल  नारायण टोलमा आफन्तको घरमा भाडामा बस्दै आएकी शर्मिलाको कोठा जाँच गर्ने क्रममा बाकसभित्र राखिएको १७ ग्राम ३६० मिलिग्राम चरेश र ५ ग्राम ७२० मिलिग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ।

प्रहरीले शर्मिलाको कोठाबाट ५ ग्राम ३७० मिलिग्राम अफिमको बिउ समेत बरामद गरेको छ।

चरेश र अफिमसहित पक्राउ परेकी शर्मिलालाई सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्