नेभिगेशन
ट्राफिक प्रहरी

चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं। ट्राफिक प्रहरीले चोरी भएका २२ वटा दुई पाङग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको  छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौंको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्‍वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्