नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीको लापसे चेकिङ: ३ वटा ट्रकका चालक नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई नियन्त्रणमा लिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार  काठमाडौंको नागढुङ्गाबाट धादिङको गल्छी गाउँपालिका-७ घर भएका  प्रदेश ३ -०१००६ ख ४५ ८५ नम्बरको ट्रकका चालक ३४ वर्षीय सन्तोष तामाङ, ना ५ ख ७४ ११ नम्बरका  ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१३ का २९ वर्षीय अरबिन्द दमाई र मधेस प्रदेश ०३-००१ख  ९६ ३६ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१७ का ३४ बर्षीय गोकर्ण अर्याललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा‍ लापसे गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

सवारी साधन चलाउने चालकलेनै लापसे गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीले  बताए  । यसरी  सवारी साधनका चालकले लापसे तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन सवैमा एसपी गिरीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्