नेभिगेशन
ट्राफिक प्रहरी

मोटरसाइकल चोरीमा संलग्न युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौँको टोखा नगरपालिका-९ विनायक हस्पिटल स्थित सडक खण्डबाट आज मोटरसाइकल चोरीमा संलग्न नुवाकोटको सुर्यगढी गाउँपालिका- ३ चोगते बस्ने २९ वर्षीय कुमार लामालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

ट्राफिक प्रहरीका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२-०५० प १९००  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २४ ६८ राखेर चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले कुमारलाई पक्राउ गरेको हो।

उक्त मोटरसाइकल रामेछापको उमाकुण्ड गाउँपालिका- १ का छेवाङ शेर्पाले काठमाडौं महानरपालिका-६ कपन भृकुटीचोकबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन्   । 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्