नेभिगेशन
सुरक्षा अपडेट

खोलाले बगाएर बेपत्ता भएका पूर्व वडाध्यक्षको शव भेटियो

काठमाडौं । खोलाले बगाएर बेपत्ता भएका पूर्व वडाध्यक्षको शव फेला परेको छ।

बाजुरास्थित गौमुल गाउँपालिका-३ मा खोलाले बगाएर बेपत्ता भएका  ४५ वर्षीय धन बहादुर बोहराको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बोहराको शव सोही वडाको बेलिब्रिज नजिकै फेला परेको हो। आइतबार दिउँसो करिब पौने ३ बजे  बजे उनलाई खोलाले बगाएको थियो। 

घट्टको पाथर तार्ने क्रममा रौधीखोला उर्लेर आएपछि उनी बगेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार   खोलामा एक्कासि  आएको बाढीले उनलाई बगाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्