नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा सामुदायिक वनका अध्यक्षको मृत्यु

कैलाली । मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कैलालीस्थित धनगढी उपमहानगरपालिका-१२ जुगेडाका ४० बर्षीय रविन्द्र सिंहको दुर्घटनामा परि मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिएका छन्  । मृतक सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हुन।

कैलाली प्रहरीका अनुसार अनुसार सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको सिंहले चलाएको मोटरसाइकल आज बिहान १ बजेतिर अनियन्त्रित भइ धनगढी-१२ जुगेडा कम्पनी टोलमा नालामा खसेको थियो ।

दुर्घटनाका गम्भीर घाइते सिंहलाई उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्