नेभिगेशन
सुरक्षा अपडेट

माछा मार्ने क्रममा नदीमा डुबेर १८ वर्षीय युवकको मृत्यु

कैलाली । माछा मार्ने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। कैलालीको जोशिपुर गाउँपालिका-४ स्थित  कटुवापुरका १८ वर्षीय सुमित चौधरीको माछा मार्ने क्रममा  पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीले प्रहरीलाई दिएको जानकारी अनुसार सुमित शनिबार घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए। सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको उद्धार गरिएको थियो। 

उद्धार गरिएका सुमितलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कैलाली प्रहरीले घटना बारेमा थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्