नेभिगेशन
अपराध

भाइको खुकुरी प्रहारबाट सहोदर दाइको मृत्यु

काठमाडौं । आफ्नै भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको छ। सिराहाको गोलबजार नगरपालिका-३
मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाले खुकुरी प्रहारबाट उनकै सहोदर ३५ वर्षीय दाइ लेलहा भन्ने मोतीराम सदाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सिराहा प्रहरीले दिएको जानकारी अनुसार श्याम र मोतीरामकी श्रीमती कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण कुटपिट हुन थालेपछि छुट्याउन पुगेका मोतीराममाथि भाइ श्यामले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट छातीमा गम्भीर घाइते भएका  मोतीरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

दाइमाथि खुकुरी प्रहार गरेर जङ्गलतिर भागेका श्यामको गए रातिबाटै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

मोतीरामको शव लाई पोस्टमार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहए जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्