नेभिगेशन
सुरक्षा अपडेट

छल्दी खोलाको बाढीले बगाएर मानबहादुरको मृत्यु, बुधबार रातिदेखि भएका थिए बेपत्ता

लुम्बिनी । खोलामा आएको बाढीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षका मानबहादुर कुमाल रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका वडानम्बर-१ राहलेका ५३ वर्षका मानबहादुर बुधबार रातिदेखि बेपत्ता भएका थिए।

आज बिहान मात्रै इस्मा-२ छल्दी खोलामा स्थानीयले माछा मार्ने क्रममा मान बहादुर शव  देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थल पुगेको प्रहरीले मानबहादुर शवको सबै मुचुल्का प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

मानबहादुरको शव खोलाले बगाएर मृत्यु भएको भनिए पनि थप जानकारी पोष्टमार्टम रिपोर्ट पछि सबै खुल्ने जनाउँदै घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको गुल्मी प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्