नेभिगेशन
ट्राफिक प्रहरी

मोटरसाइकल चोरीमा संलग्न एक युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं। ट्राफिक प्रहरीले  काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट स्कुटर चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गी  रहेका छन् । 

वास्तविक नम्बर प्रदेश ०३-०२-००५ प ३ ७ २  रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ७९२४ राखि चलाइरहेको अवस्था फेला पारी खड्गीलाई आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले पक्राउ गरेको हो । 

उक्त स्कुटर भक्तपुर बस्ने कञ्चन भुजुले काठमाडौंको ठमेलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

स्कुटर सहित नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन्   ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्