नेभिगेशन
ट्राफिक प्रहरी

चाडपर्वलाई लक्षित गर्दै बर्दियाका विभिन्न स्थानमा 'यात्रु सहायता कक्ष' स्थापना

बर्दिया । नजिकिदै गरेको चाडपर्व ( विजया दशमी, दिपावली तथा छठ) लाई लक्षित गर्दै बर्दियाका विभिन्न स्थानमा  यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र ट्राफिक ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा चाडपर्वका अवसरमा सार्वजनिक यातायातमा हुने भिडभाड व्यवस्थापन तथा यात्रा गर्ने यात्रुहरुको सहायताको उद्देश्यका साथ गुलरिया नगरपालिका-७ स्थित गुलरिया बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। 

चाडपर्वका बेलामा सुरक्षित यात्रा र यात्रुहरुको सुविधाको लागी सवारी चालक एवं यातायात व्यवसायीहरुले विशेष ध्यान पुर्याउन ट्राफिक प्रहरी कार्यालय बर्दियाले यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो।

चाडपर्वका बेलामा जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको हो।  बर्दिया ट्राफिक प्रहरी कार्यालयका  अनुसार चाडपर्वको बेलामा यात्रुहरुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने धेरैजसो स्थानमा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन सहायता कक्ष स्थापना गरिएको बर्दिया ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

सहायता कक्षबाट यात्रुहरुको गुनासोको सुनुवाई समेत गरिनेछ । जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गर्न सकिने छ । यसका साथै यात्रु सहायता कक्षबाटै यात्रुका समस्या समाधानको प्रयास गरिने बताइएको छ।

बर्दियाको गुलरिया बसपार्कसहित राजापुर नगरपालिका-४ भन्सार चोक, ठाकुरबाबा नगरपालिका-१ स्थित भुरीगाउँ चोक, मधुवन नगरपालिका-६ लालिबजार र बाँसगढी नगरपालिका-५ स्थित विशाल चोकमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्