नेभिगेशन
ट्राफिक प्रहरी

बाँके ट्राफिक प्रहरी: चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' सन्चालनमा

नेपालगन्ज । नजिकिदै गरेको चाडपर्व (विजया दशमी, दिपावली तथा छठ) लाई लक्षित गर्दै बाँकेका विभिन्न स्थानमा बुधबारदेखि यात्रु सहायता कक्षको स्थापना गरि सन्चालनमा ल्याइएको छ।

जिल्ला ट्राफिक ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा चाडपर्वका अवसरमा सार्वजनिक यातायातमा हुने भिडभाड व्यवस्थापन तथा यात्रा गर्ने यात्रुहरुको सहायताका लागि नेपालगन्ज -४ बसपार्क र नेपालगन्ज -१५; जमुनहा र कोहलपुर -११ स्थित कोहलपुर बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरि सन्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

चाडपर्वका बेलामा सुरक्षित यात्रा र यात्रुहरुको सुविधाको लागी सवारी चालक एवं यातायात व्यवसायीहरुले विशेष ध्यान पुर्याउन ट्राफिक प्रहरी कार्यालय बाँकेले यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो।

चाडपर्वका बेलामा जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको हो।  बाँके ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार चाडपर्वको बेलामा यात्रुहरुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने कोहलपुर, नेपालगन्ज बसपार्क र भारतबाट आउनेको यात्रुका लागि जमुनहामा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख पन्तले बताए।

त्यसैगरी जमुनहामा भारतबाट आउने यात्रुहरुको सहयोगका लागि जमुनहामा सहायता कक्षको स्थापना गरिएको नेपालगन्ज ट्राफिक कार्यालयक इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक नन्दकुमार पोखरेलले जानकारी दिएका छन् । 

उनका अनुसार यात्रुहरुको गुनासोको सुनुवाई समेत ट्राफिक प्रहरीले गर्नेछ । कुनै पनि यात्रुलाई समस्या परे तत्काल जिल्ला प्रहरी कार्यालय अथवा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गर्न सकिने र यात्रु सहायता कक्षबाटै यात्रुका समस्या समाधानको प्रयास गरिने पोखरेल बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्