नेभिगेशन
ट्राफिक प्रहरी

यात्रुहरुसँग बढी भाडा असुल्ने १९ सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले यात्रुहरुबाट बढी भाडा असुल्ने १९ यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ। 

तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने १९ सवारीसाधनलाई कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले गरेको मंगलबार गरेको चेकजाँचका क्रममा यात्रुहरुबाट बढी भाडा असुलेका १९ सवारीसाधनलाई कारबाही गर्दै जरिवाना गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

सवारीसाधनले बढी भाडा असुले तत्काल ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गाडी नम्बर लगायत सबै विवरण दिन आग्रह गरिएको छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरीक अनुसार बढी भाडा असुल्ने सवारीसाधनका चालकलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने व्यवस्था रहेको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्